सिंगटी हाइड्रो इनर्जीको मुनाफामा ११३.०५ प्रतिशतको छलाङ्ग

अर्थकागज
प्रकाशित: २५ कात्तिक २०८१
Image description

काठमाडौँ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा ११ करोड २५ लाख रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११३.०५ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ५ करोड २८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

कम्पनीको विद्युत बिक्री आम्दानी थोरै घटेको छ । असोज मसान्तसम्मको अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ०.२८ प्रतिशत घटेर २६ करोड ३५ लाख रुपैयाँमा पुगेको छ। त्यस्तै, समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ०.०५ प्रतिशत घटेको छ भने कुल आम्दानी ०.८१ प्रतिशत बढेको छ। २ अर्ब ९० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष भने ६ करोड ४० लाख रुपैयाँ रहेको छ।

कम्पनीको प्रतिशेयर आम्दानी ९५ पैसा, प्रतिशेयर नेटवर्थ १०२ रुपैयाँ २१ पैसार मूल्य आम्दानी अनुपात १६.५४ गुणा रहेको छ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर