नेपाल इन्स्योरेन्सको लाभांश घोषणा
प्रकाशित:
२४ फागुन २०८१
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको फागुन २४ गते बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।
जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७९ प्रतिशत नगद लाभांश गरि कुल १५.७९८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ६४ करोड रहेको छ ।
यो लाभांश नियामक निकाय नेपाल बीमा प्राधिकरणले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares