धितोपत्र बोर्ड अध्यक्ष हमाल आजदेखि विदामा

अर्थकागज
प्रकाशित: १० पुस २०८०
Image description

काठमाडौं नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल आजदेखि विदामा बसेका छन् । बोर्डको नियमित काम कारवाही प्रभावित नहोस् भनेर बोर्डका कार्यकारी निर्देशक विनयदेव आचार्यलाई जिम्मेवारी दिएर हमाल विदामा बसेका हुन् । हमालको कार्यकाल पुस २० गते सकिदैछ अर्थात कार्यकाल अब ९ दिन बाँकी छ ।

सेयर बजारमा हमालको आगमनले सेयर विकास विस्तारमा ठुलो भुमिका रहेको आम लगानीकर्ताको भनाई छ । हमालले नयाँ ब्रोकर लाइसेन्स खुला गर्न सफल भएका छन् । सेयर बजारको आवश्यकतालाई मध्य नजर गर्दै लगानीकर्ताको माग अनुसार नयाँ स्टक एक्सचेन्जको लाइसेन्स खुला गर्ने हमालको पाइपलाइनको काम रहेको छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर