नयाँ स्टक मार्केटको परिपेक्षमा आवश्यकता, यथार्थ र भ्रम : सेयर विश्लेषक-सुवास चन्द्र भट्टराईको लेख
नयाँ स्टक को कुरा गर्दै जाँदा हामीहरुले बिस्व मानचित्र केही कुरा गर्न र बुझ्न आवश्यक छ। संसारमा रहेका देश मध्ये ४४ वटा देश भूपरिवेष्ठितछन्। त्यो मध्ये एक नेपाल पनि हो।
भूपरिवेष्ठित राज्य मध्ये सबैभन्दा पहिला अस्ट्रीयामा सन १७७१ अनि स्वीजरल्याण्डमा १८५० जिम्बाफेमा १८९६ मै सेयरबजार खुलिसकेका थिए। एसियाको भूपरिवेष्ठित देशहरुमा पनि सेयरबजार ढिलो खुल्यो । भुटान, मगोलियामा सन १९९२ मै बजार स्थापना गरियो भने नेपालमा सन १९९३ मै कानुन बनी १९९४ देखि दोेस्रो बजार पनि सुरु भो। मस्त जबानको बजार छ उमेरले हो भने तर काम कुरो, प्रविधिमा बामे मात्र सर्दैछ नेप्से किन ?
नेपाल भन्दा पछाडि खुलेका बजार भियतनाम १९९८, कतार १९९५, दुबई २०००,साउदी अरब २००७, लाओस २०१०, कम्बोडिया २०११, म्यानमारमा २०१५ त्यसपछि अन्य देसमा सेयर बजार स्थापाना भएका छैनन् । कङ्गोमा कानूनबन्ने प्रक्रिया चल्दाचल्दै रोकिएको छ ।
हामी भन्दा पछाडी स्थापना गरेका देसको सेयरबजारको प्रगतिको बयान गरेर साध्य छैन । अति राम्रो गरेका छन् । देसको नेताको दृष्टिकोण सहि अनि सकारात्मक, विवेकशिल र कर्मयोगी नीति निर्माता भएका हुनाले नै त्यो प्रगति सम्भव भएको हो । हाम्रो जस्तो मै खाउ मै लाउ भन्ने नेता, कर्मचारी त्यति छैनन् । अन्तर्राष्ट्रिय स्तरको नीति, प्रबिधि, औजार, तभअजलययिनथ ले भरिएको छ । लगानीकर्ता बिश्वसनीयता कायम गरेका छन् ।
नेपालमा सरकारी काम, कहिले जाला घाम, मै नै खानु पर्यो नि माम सोच भएका नेता, नितिनिर्माता, कर्मचारी भएकोले अन्तर्राष्ट्रिय स्तरको हुन सकेन,गर्न सकेनौ । निजि क्षेत्रलाई निरुत्साहित गर्नु हुँदैन् ।
अपरिपक्क लगानीकर्ताहरु परिवर्तन भै परिपक्क हुँदै गैइरहेका छन् । बजारमा नयाँ प्रबेसी ९० प्रतिशत नै अल्पकालीन ट्रेडरको रुपमा आएका छन् । सेयरबजार नै कमाईको पेशा बनाउन चाहेका छ्न् । अन्तर्राष्ट्रिय स्तर कै टेक्नोलोजि र टूल्स उहाँहरु चाहाना हो ।
नयाँ स्ट्क आए हाल मौज्दात रहेको नेप्सेले पनि लगानीकर्ताको मन जित्न अफ्नो गुणस्तर बढाउदै लाने छ ।
फाईदाहरु
1) Day Trade गर्न सजिलो हुने छ। Full Option को बजार हुनेछ।
2) New Tool को सृजना हुनेछ। रोजगारी सृजना हुनेछ।
3) Hidden buying/ selling option हुनेछ। ( 11-3 बजे नै TMSs खोल्न नसक्के लगानीकर्ता नै पहिले नैOrder place गर्न सक्नेछन् )
4) put option/ call option हुने छ। Two way Market हुनेछ। कारोबार बडने हुनाले ब्रोकरकोदेखि लिएर सरकार कै आम्दानी बढने छ।
5) Day Income tragedy and target बनाउन चाहाने युवा लगानीकर्ताको आकर्षक बढी बजारको दायरा फराकिलो हुने छ।
6) FDI आउन सजिलो हुनेछ। ( यो stock आउनु भनेको FDI आउनको लागि उत्साहित हुनु पनि हो)
7) यो नयाँ Stock को मोडालिटीले साधारण मानिस पनि मालिक बन्न सक्ने छ्न्। अपनत्वको feel जगाउने छ।
8) यो नयाँ स्टक पनि एक कम्पनी सहर Listing भै Nepse बाट कारोबार हुने छ।
9)दुईवटा stock मा listing भएका कम्पनीको मोल फरक फरक भएमा एक तिरबाट किनि अर्को तिर बेच्न पाउने गर्दा लगानीकर्तालाई चलाख अनि चनाखो बनाउने छ।
10) सरकारी राजस्वको वृद्धि हुनेछ। इत्यादी
नोक्सान
1) एक समूहले लाईसेन्स पाउँदा अन्य नपाउने समूहको चिट चिट पसिना आउने छ।
कमिसन, घुस र मालिक
1) कमिसन , घुस को बारे आफू अनबीज्ञ भएको केही भन्न सकिन।
2) जो कोहि नेपाली मालिक हुन मलाई मतलब भएन। बरु 10% जति जापानलाई दिए हुन्छ।
सबै राम्रो काम आउने साथ घुस नै खाए भन्न सकिदैन।
नोट: 100% लगानीकर्ता को हितमा चाहिँ छ र हुन्छ पनि।
Shares