७.८४ प्रतिशतले घट्यो कुथेली बुखरी हाइड्रोको नाफा

अर्थकागज
प्रकाशित: २२ माघ २०८१
Image description

काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावरले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी गत आवको सोही अवधिको तुलनामा घटेको छ। चालु आवको पहिलो ६ महिनासम्ममा कम्पनीले विद्युत बिक्रीमार्फत १ करोड ९९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आवको सोही अवधिको तुलनामा ७.८४ प्रतिशत कम हो। गत आवको सोही अवधिसम्ममा कम्पनीले २ करोड १६ लाख रुपैयाँ यस्तो आम्दानी गरेको थियो। विद्युत बिक्री आम्दानीसँगै कम्पनीको खुद नाफा पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको खुद नाफा १४.२७ प्रतिशत घटेर ८८ लाख ४६ हजार रुपैयाँमा सीमित भएको छ। गत आवको पुस मसान्तसम्ममा कम्पनीले १ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। कम्पनीको कुल नाफा समीक्षा अवधिमा ३.४९ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा १३.२० प्रतिशत बढेको छ। समीक्षा अवधिमा कम्पनीको वित्तीय खर्च ४६.१७ प्रतिशत घटेको छ। नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी २ रुपैयाँ ४२ पैसा घटेर १४ रुपैयाँ ५२ पैसामा सीमित भएको छ। पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १५० रुपैयाँ ७३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १७१.५१ गुणा रहेको छ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर