नबिल बैंकले घटायो खराब कर्जा, वितरणयोग्य मुनाफा १ अर्ब ५४ करोड
काठमाडौं । नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार बैंकको नाफामा गिरावट देखिएको छ ।
समिक्षा अवधिमा बैंकले ४ अर्ब ६६ करोड ८० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८.७६ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ५ अर्ब ११ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ३.७२ प्रतिशतले बढेको छ भने सञ्चालन मुनाफा पनि १०.७२ प्रतिशतले घटेको छ । त्यस्तै बैंकको इम्पेयरमेन्ट चार्ज भने घटेको छ । ३ अर्ब ३३ करोड रहेको उक्त चार्ज अहिले घटेर ३ अर्ब २३ करोड झरेको छ ।
चैत मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ५४ करोड ७० लाख रुपैयाँ रहेको छ भने बैंकको खराब कर्जा दर १.९८ प्रतिशतबाट घटेर १.२७ प्रतिशत भएको छ ।। बैंकको प्रतिशेयर आम्दानी २३ रुपैयाँ २४ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ २०८ रुपैयाँ ३९ पैसा रहेको छ ।
Shares