एभरेष्ट बैंकको लाभांश घोषणा, नगद र बोनस कति ?

अर्थकागज
प्रकाशित: १० भदौ २०८३
Image description

काठमाडौं । एभरेष्ट बैंकले लाभांश घोषणा गरेको छ । बैैंकले आर्थिक वर्ष २०८२र०८३ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत १० प्रतिशत नगद लाभांश गरि कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यस संगै एभरेष्ट लाभांश घोषणा गर्ने पहिलो वाणिज्य बैंक बनेको छ ।

राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि सो लाभांश वितरण हुनेछ ।





प्रतिक्रियाहरू

सम्बन्धित खबर