सेयर धितो कर्जाको सिमा १२ करोड हटाउन गभर्नरलाई चारैतिरबाट दबाब
काठमाडौं । नेपाल राष्ट्र बैंकलाई सेयर धितो कर्जाको सिमा १२ करोड हटाउन चारैतिरबाट दबाब सुरु भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई १२ करोडको सिमा हटाउन सेयर लगानीकर्ता, नियमन निकाय र राजनीतिक दलहरुले समेत दबाब दिन थालेका छन् ।
नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले सोमबार गभर्नर महाप्रसाद अधिकारीलाई भेटेर सेयर धितो कर्जाको सिमा हटाउन आग्रह गरेका छन् । गभर्नर र अध्यक्षको भेटले सेयर धितो कर्जा सिमा १२ बाट २० पुग्ने कुराहरु बाहिर आइरहेका छन् । तर, सेयर धितो कर्जाको सीमा भने राष्ट्र बैंकले निर्देशिकामार्फत प्रस्ट पार्नु पर्नेछ ।
यता, नेपाल स्टक एक्स्चेन्ज (नेप्से) का सिइओ कृष्णबहादुर कार्की पनि राष्ट्र बैंकले सेयर धितो कर्जाको सिमा खुला गर्नु पर्ने बताउछन् । लगानी गर्न राज्यले लगाम लगाउन नहुने नेप्सेको सिइओ कार्कीको तर्क छ । लगानीकर्तालाई सिमामा बाँधेर होइन खुला छोडेर लगानी गर्ने बातावरण राज्यले गर्नु पर्ने नेप्सेको सिइओ कार्कीको भनाई छ ।
त्यसै गरी सीडीएससीका सीइओ पूर्ण प्रसाद आचार्य पनि १२ करोडको सिमामा राष्ट्र बैंकले पुनर्विचार गर्ने पर्ने बताउछन् । सेवान, नेप्से र सिडिएससीले र राष्ट्र बैंकको संयुक्त छलफलको क्रममा यो मुद्धा उठाउँदै आइरहेका छन् ।
यता, लगानीकर्ता संघहरुले सेवोन र नेप्सेमा सेयर धितो कर्जाको सिमा खुला गर्नको लागि नियमन निकायको कार्यलयदेखि सडक आन्दोलन समेत बेलाबखत गर्दै आइरहेका छन् । सामाजिक सञ्जालमा सेयर धितो कर्जाको सिमाको विरोधमा लगानीकर्ताले सेधै गदै आइरहेका छन् ।
सेयर धितो कर्जाको १२ करोडको सिममा हटाउन नेपाली कांग्रेस,एमाले, माओवादी,नेकपा एकिकृत समाजवादी लगायतको पार्टीले गभर्नर महाप्रसाद अधिकारीलाई पुनर्विचार गर्न दबाब दिईरहेको राष्ट्र बैंकको उच्च स्रोतले बताएको छ । गभर्नर महाप्रसाद अधिकारी पनि अहिले आएर सेयर धितो कर्जाको सिमामा पुर्नविचार गर्ने मोडमा पुगेकाले गृहकार्य समेत भैरहेको स्रोतको दाबी रहेको छ ।
Shares