टक्सार पिखुवा खोला हाइड्रोको पहिलो चरणको आईपीओ बाँडफाँड

अर्थकागज
प्रकाशित: ०३ वैशाख २०८३
Image description

काठमाडौं । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले पहिलो चरणमा निष्काशन गरेको आइपीओ बाँडफाँड भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्काशन गरेको आईपीओ आज बाँडफाँड भएको हो ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई फागुन २७ गतेदेखि चैत्र १ गतेसम्म ३ लाख ३ हजार ६७ कित्ता शेयर निष्काशन गरेको थियो। बिक्रि प्रबन्धक प्रभु क्यापिटलका अनुसार यस निष्काशनमा ८५ हजार २ सय १८ जनाको आवेदन परेको छ । जस मध्ये ७६ हजार २ सय ८९ जनाको आवेदन मात्र योग्य भएको छ। माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको छ। जसमा ३० हजार ३ सय ६ जनाले शेयर पाएका छन् । शेयर पाएका मध्ये ७ जनाले ११ कित्ता शेयर पाएका छन् भने अरुले १० कित्ताको दरले शेयर पाएका छन् ।

त्यस्तै कम्पनीले आयोजना प्रभावित भोजपुर जिल्लाका स्थानीयलाई १२ लाख कित्ता शेयर निष्काशन गरेको थियो। यस निष्काशनमा १३ हजार ५ सय ३६ जनाको आवेदन परेको थियो। जस मध्ये १३ हजार ४ सय ७९ जनाको आवेदन मात्र योग्य भएको छ।

स्थानीयतर्फ ९० कित्तासम्म आवेदन दिनेले माग गरे बमोजिम कै शेयर पाएका छन् । १०० कित्तादेखि ५० हजार कित्तासम्म आवेदन दिनेले पनि ९० कित्ता नै शेयर पाएका छन् । शेयर पाउने मध्ये गोलाप्रथाबाट ५ हजार ३ सय ३३ जनाले थप १० कित्ता शेयर पाएका छन्। यसरी स्थानीयले अधिकतम १०० कित्तासम्म शेयर पाएका छन् ।

अब कम्पनीले सर्वसाधारणलाई २५ लाख १५ हजार ४ सय ५५ कित्ता शेयर निष्काशन गर्ने छ। धितोपत्र बोर्डले फागुन १ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको थियो।

प्रतिक्रियाहरू

सम्बन्धित खबर