दुई हाइड्रोपावरका आजसम्म कायम सेयरधनीले मात्र लाभांश पाउने

अर्थकागज
प्रकाशित: २६ कात्तिक २०८१
Image description

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से) मा सुचिकृत दुई हाइड्रोपावर कम्पनीहरुको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । मन्दाकिनी हाइड्रोपावर र विन्ध्यबासिनी हाइड्रोपावरका आजसम्म कायम सेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।

मन्दाकिनी हाइड्रोपावर र विन्ध्यबासिनी हाइड्रोपावरले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली(कात्तिक २८ गते) बुकक्लोज गर्दैछन् त्यसैले आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लाभांश र साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

मन्दाकिनी हाइड्रोपावरले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२६३२ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

त्यस्तै विन्ध्यबासीनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको थियो ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर