सनराइज फस्र्ट म्युचल फण्ड र सनराइज फोकस्ड इक्विटी फण्डको लाभांश घोषणा
प्रकाशित:
२४ साउन २०८१
काठमाडौं । सन्राइज फस्र्ट म्युचल फण्ड र सन्राइज फोकस्ड इक्विटी फण्डले लाभांश घोषणा गरेका छन् ।बिहीबार बसेको संचालक समितिको १४५ औं बैठकले आर्थिक वर्ष २०८०/८१ को लागि “सन्राइज फस्र्ट म्युचल फण्ड” का इकाईधनीहरुलाई कर सहित १२.५% प्रतिफल र “सन्राइज फोकस्ड इक्विटी फण्ड” का इकाईधनीहरुलाई कर सहित ४.५% प्रतिफल वितरण गर्ने निर्णय गरेको हो ।
लक्ष्मी सन्राइज बैंक लिमिटेड कोष प्रवद्र्धक तथा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको सन्राइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित “सन्राइज फस्र्ट म्युचल फण्ड” र “सन्राइज फोकस्ड इक्विटी फण्ड” नामक बन्दमुखी योजनाहरुको आर्थिक २०८०/८१ को लेखापरिक्षण कार्य सम्पन्न भई लाभांश घोषणा गरेको क्यापिटलले जनाएको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares