हिमालयन लाइफको नवीकरण समय कटेको व्यक्तिगत बिमा लेखमा छुट सुविधा

अर्थकागज
प्रकाशित: १२ कात्तिक २०८०
Image description

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले छुट सुविधा ल्याएको छ। कम्पनीले व्यतित (नवीकरण समय कटेको) बिमा लेखमा लाग्ने विलम्ब शुल्क (ब्याज जरिवाना)मा छुट सुविधा ल्याएको हो।

कम्पनीबाट विभिन्न मितिमा बिमा गराई व्यतित भएका बिमा लेखहरू यही कात्तिक १० गतेदेखि २२ गतेसम्ममा नवीकरण पुनर्जागरण गर्दा बिमा शुल्कमा लाग्ने विलम्ब शुल्क ब्याज जरिवानामा छुट दिएको हो।

मर्जर अघिका साविकको प्राइम लाइफ इन्स्योरेन्स, यूनाइटेड लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्सबाट गरिएको बिमा लेखहरूमा समेत यो छुट लागु हुनेछ।

तीन वर्षसम्मको बिमालेख व्यतित अवधिमा ब्याज र जरिवाना शतप्रतिशत छुट हुनेछ। त्यस्तै, तीन वर्ष माथिदेखि ७ वर्षसम्मको अवधिको ब्याज र जरिवानामा ५० प्रतिशत छुट हुनेछ। सात वर्षदेखि जतिसुकै अवधिकोमा ब्याज र जरिवानामा २५ प्रतिशत छुट दिइने कम्पनीले जनाएको छ। यस किसिमको व्यतित बिमा लेखमा पुनर्जागरण गर्दा दिइएको छुट सुविधा बिमा अवधिभर एक पटक मात्र प्रदान गरिनेछ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर