सिद्धार्थ बैंकको २४ औँ वार्षिक साधारणसभा सम्पन्न, १०.५३ प्रतिशत लाभांश पारित

अर्थकागज
प्रकाशित: ३० कात्तिक २०८२
Image description

काठमाडौं । सिद्धार्थ बैंकले आफ्नो २४ औँ वार्षिक साधारणसभा आज आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा सम्पन्न भएको छ ।

बैंकका संचाल समितिका अध्यक्ष राहुल अग्रवालको अध्यक्षतामा सम्पन्न बार्षिक साधारणसभाले ५ प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगद (कर प्रयोजनका लागि समेत) गरी कुल १०.५३ प्रतिशत लाभांश पारित भएको छ ।

त्यसै गरी सभाबाट संचालक समितिको भत्ता तथा सुविधामा थप तथा हेरफेर र सो बमोजिम बैंकको नियमावलीकमा संशोधन गर्ने, चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव लगायतको सवै प्रस्ताव पारित भएको छ । सभामा बोल्न अधिकांश सेयरधनीले संचालक र व्यवस्थापनको खुलेर प्रशंसा गर्नुको साथै यस आर्थिक वर्षमा लाभांश बढाउन आग्रह गरेका थिए । 


प्रतिक्रियाहरू

Ang raj bharati

8 months ago

https://www.facebook.com/share/p/17KGftPZc8/

सम्बन्धित खबर