नबिल बैंकको नयाँ ब्याजर सार्वजनिक, कुन खातामा कति ?
प्रकाशित:
३२ साउन २०८२
काठमाण्डौ । नबिल बैंक लिमिटेडले आज भदौ १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।
बैंकले सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम २.७५ प्रतिशतदेखि अधिकतम ४.७५ प्रतिशत ब्याजदर प्रदान गर्ने भएको छ भने रेमिट्यान्स बचतमा ५.७५ प्रतिशत ब्याज दिनेछ ।
त्यसै गरी बैंकले मुद्दति निक्षेपमा २.७५ देखि ५.५ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । ब्यक्तिगत मुद्दति निक्षेपमा ४.७५ देखि ५.५० प्रतिशत र संस्थागत मुद्दति निक्षेपमा २.७५ देखि ४.०५ प्रतिशत ब्याज दिने छ त्यस्तै रेमिट्यान्स मुद्दति निक्षेपमा ६.५० प्रतिशतसम्म ब्याज दिने बैंकले जनाएको छ ।
बैंकले कर्जाको ब्याजदर निर्धारण गर्दा बेसरेटमा अधिकतम ३.५० प्रतिशतसम्म प्रिमियम तोक्ने जनाएको छ । बैंकको साउन मसान्तसम्मको बेसरेट ५.८३ प्रतिशत रहेको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares