एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

अर्थकागज
प्रकाशित: १४ असोज २०८०
Image description

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (सोमबार) अन्तिम दिन रहेको छ। बैंकले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात असोज १६ गते बुकक्लोज गर्दैछ।

यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले बैंकको साधारणसभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।

एभरेष्ट बैंकले असोज ३० गते मंगलबार लैनचौर ब्याङ्कवेट, काठमाडौँमा २९ औँ वार्षिक साधारणसभा बोलाएको छ। सो सभा बिहान ११ बजे सुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थसहित १०.५३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी, सभाले संस्थापक सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा नियुक्त भएका सञ्चालकको नियुक्ति अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर