नेप्सेमा दुई कम्पनीको सेयर मूल्य समायोजन, कुनको कतिमा खुल्छ कारोबार ?

अर्थकागज
प्रकाशित: ०७ वैशाख २०८१
Image description

नेपाल स्टक एक्सचेञ्जमा आज दुई इन्स्योरेन्स कम्पनीको मूल्य समायोजन भएको छ । आज नेप्सेमा सूर्यज्योति लाइफ इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सको सेयरमूल्य समायोजन भएको हो।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी इन्स्योरेन्सहरुले बुकक्लोज गरेसँगै नेप्सेले सेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

सूर्यज्योति लाईफ इन्स्योरेन्सको १०.२६ प्रतिशत बोनसपछि नेप्सेले प्रतिकित्ता ४५७ रुपैयाँ ७४ पैसा कायम हुने गरी मूल्य समायोजन गरेको छ । नेप्सेले विहिबारको अन्तिम कारोबार मूल्य ५ सय ४ रुपैयाँ ७० पैसाकम आधारमा मूल्य समायोजन गरेको हो । समायोजित मूल्यमा आइतबार दोस्रो बजारमा सेयर कारोबार खुल्नेछ।

सूर्यज्योति लाईफ इन्स्योरेन्सले उक्त लाभांश पारित गर्न वैशाख २१ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा होटल हैरिसन प्यालेस, विराटनगरमा बिहान १० बजे सुरु हुनेछ ।

त्यस्तै प्रभु इन्स्योरेन्सको ४.७५ प्रतिशत बोनसपछि नेप्सेले प्रतिकित्ता ७३७ रुपैयाँ ४७ पैसा कायम हुने गरी मूल्य समायोजन गरेको छ । नेप्सेले विहिबारको अन्तिम कारोबार मूल्य ७ सय ७२ रुपैयाँ ५० पैसाका आधारमा मूल्य समायोजन गरेको हो । समायोजित मूल्यमा आइतबार दोस्रो बजारमा सेयर कारोबार खुल्नेछ।

प्रभु इन्स्योरेन्सले लाभांश पारित गर्न वैशाख २० गते वार्षिक साधारण सभा बोलाएको छ । सभा प्रभु इन्सुरेन्सको केन्द्रीय कार्यालय प्रभु कम्प्लेक्स, तिनकुने काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर