नीति तथा कार्यक्रमलाई प्रभावकारी बनाउन काठमाडौं महानगरले माग्यो सुझाव, यसरी दिनुहोस्
काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका लागि सुझाव माग गरेको छ । महानगरले आज मंगलबार एक सूचना जारी गर्दै सुझावका लागि आग्रह गरेको हो ।
महानगरपालिकाले बनाउने नीति तथा कार्यक्रमले सबैलाई समेट्न तथा पारदर्शी बनाउने प्रयास स्वरूप आ.व. ०८१र०८२ को नीति तथा कार्यक्रम नागरिक केन्द्रित तथा सहभागितामा आधारित बनाउन राय सुझाव सङ्कलनको प्रणाली निर्माण गरिएको महानगरले जनाएको छ ।
काठमाडौँ महानगरपालिकाको सुझाव सङ्कलन पोर्टल https://esuggestions.kathmandu.gov.np/ मा दिइएका शीर्षकमा रहेर आँफुले परिकल्पना गरेका नीति, योजना तथा कार्यक्रम सुझावहरूको विवरण २०८१ जेठ ९ गतेभित्र उक्त प्रणाली, इमेल [email protected], महानगरको हटलाइन ११८० मार्फत वा नगर कार्यपालिकाको कार्यालयमा आएर उपलब्ध गराउन आग्रह गरेको छ ।
महानगरले प्रकाशन गरेको सूचनाः
प्रतिक्रियाहरू
Ananta guragain
2 years ago
महानगरले गर्न सक्ने काम किन गर्दैन संघीय सरकारले।
Shares