पिपुल्स हाइड्रोपावरको साधारणसभा आज, ५० प्रतिशत हकप्रद निष्काशनको प्रस्ताव पारित हुने

अर्थकागज
प्रकाशित: ३० चैत २०८०
Image description

पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको १६ औँ वार्षिक साधारण सभा आज चैत्र ३० गते, शुक्रबार, क्यालिटी ब्यान्क्वेट बुद्धनगर, काठमाडौँमा बिहान ११ बजेदेखि शुरु हुँदैछ।

सभाले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत अर्थात २ कित्ता बराबर १ कित्ताको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

त्यस्तै, सभाले संस्थापकसमूहको तर्फबाट ५ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनार्थ चैत्र १५ गते एक दिनका लागि बुकक्लोज गरेको थियो त्यसैले चैत्र १४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र साधारणसभामा सहभागी हुन पाउनेछन् ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर