रु रु जलविद्युतमा संचालकहरुले लिए डबल सुविधा, तलव/भत्ताको नाममा लुटतन्त्र !


काठमाडौं । रु रु जलविद्युत परियोजना लिमिटेडका संचालकहरुले डबल सुविधा लिएका छन् । यस कम्पनीका संचालकहरुले तलव सँगै भत्ता पनि लिएका छन् । अन्य पव्लिक कम्पनीमा संचालकहरुले बैठक भत्ता मात्रै लिने व्यवस्था भएपनि यस कम्पनीका संचालकहरुले भने मासिक भत्ता र तलव बापत लाखौं रकम कुम्लाएका छन् । कम्पनीको बार्षिक प्रतिवेदन २०८० ८१ अनुसार कम्पनीका अध्यक्ष आशिष सुवेदीले तलव भनेर ५ लाख ५२ हजार ५ सय रुपैयाँ बुझेका छन् । अध्यक्ष सुवेदीले बैठक वापत भने ५३ हजार ५ सय रुपैयाँ लिएका छन् । त्यसै गरी संचालक चन्द्र बहादुर पुनले तलव वापत ५ लाख ४० हजार रुपैयाँ र बैठक भत्ता ३८ हजार ५ सय रुपैयाँ, गोविन्द चालिसेले तलव वापत ६ लाख १५ हजार रुपैयाँ र बैठक भत्ता ४९ हजार ५ सय रुपैयाँ, सागर पाठकले तलव वापत ६ लाख ४५ हजार रुपैयाँ र बैठक भत्ता ३३ हजार रुपैयाँ, सरिता शाक्य प्रधानले तलव वापत ५ लाख ४० हजार रुपैयाँ र बैठक भत्ता ४४ हजार रुपैयाँ, गरिमा अधिकारीले तलव वापत ५ लाख ४० हजार रुपैयाँ र बैठक भत्ता ३३ हजार रुपैयाँ र दिल बहादुर श्रेष्ठले तलव वापत ३ लाख १५ हजार रुपैयाँ र भत्ता ११ हजार रुपैयाँ बुझेका छन् ।
'कहिँ नभएको जात्रा हाँडी गाउँमा' भने झै संचालकहरुले रु रु जलविद्युत परियोजनममा तलव भत्ताको नाममा लुटतन्त्र मच्चाएका छन् । कागजमा संचालक र कर्मचारी आफै भएको भन्दै लाखौं रकम तलव भत्तामा बुझेका छन् । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा लिष्टेड कम्पनी (पव्लिक) मा संचालक नै कम्पनीको कर्मचारी नियुक्ति गरी लाखौं रुपकम बुझेको यो पहिलो पटक देखिएको छ । परियोजनाको काम चाही अरु कर्मचारीहरुले गर्ने र उनीहरुले तलव मात्र लिने कम्पनीहरु स्टापहरु बताउँछन् । जलविद्युत कम्पनीहरुमा नियामक निकाय दरो हुँदा सेयरधनीहरुलाई लाभांश दिनु भन्दा संचालकहरुले आफै कमाउँ धन्दामा लागेपछि दोस्रो बजारमा लगानीकर्ताहरु आकर्षित हुन छाड्दै गएको देखिन्छ ।
Shares