कालिन्चोक दर्शन ८५ लाख घाटामा
प्रकाशित:
०१ मंसिर २०८१
काठमाडौं । कालिन्चोक दर्शन लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार कम्पनीको कम्पनीको नोक्सानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।
यस अवधिमा कम्पनीले ८५ लाख ७० हजार रुपैयाँ नोक्सानी व्यहोरेको छ। गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनी ९८ लाख ८७ हजार रुपैयाँ नोक्सानीमा थियो।
समिक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी २.१९ प्रतिशतले घटेर ४० लाख २० हजार रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा कम्पनीको वित्तीय खर्च ५२.०८ प्रतिशत घटेको छ।
५९ करोड ६३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको जगेडा कोष ७ लाख ७८ हजार रुपैयाँ ऋणात्मक रहेको छ। असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी १ रुपैयाँ ४४ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ ९९ रुपैयाँ ३२ पैसा रहेको छ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares