पेशागत बिमा अभिकर्ता संघ नेपाल बिमक समितिको बनेपामा शाखा कमिटि बिस्तार, अध्यक्षमा ई.रविन्द्र ढकाल चयन
काठमाडौं । पेशागत बिमा अभिकर्ता सङ्घ नेपाल, बिमक समितिको बनेपामा शाखा कमिटि बिस्तार गरेको छ । समितिको अध्यक्षमा ई. रबिन्द्र ढकाल चयन भएका छन् । समितिको उपाध्यक्षमा भगवान लामा, सचिवमा नबिना बन्जारा तिमिल्सिना, कोषाध्यक्षमा जेनिशा श्रेष्ठ चयन भएका छन् । त्यसै गरी समितिको सदस्यहरुमा सपना रन्जितकार थापा, रन्जना सापकोटा र प्रकाश तिमिल्सिना चयन भएका छन् ।
समिति विस्तार कार्यक्रमको सभापतिमा बिमक समिति का उपाध्यक्ष अष्ट श्रेष्ठ रहेको थियो भने कार्यक्रमको प्रमुख अतिथीमा पेशागत बिमा अभिकर्ता सङ्घका उपाध्यक्ष दामोदर गौतमको रहेको थियो । त्यसै गरी कार्यक्रममा बिशेष अतिथी सङ्घका सदस्य नानी माया सापकोटा, अतिथी बिमक सदस्य निरन्जन अधिकारी, बागमती प्रदेश समिति अध्यक्ष चिरन्जिवी गजुरेल, बिमक समिति पुर्व सचिव सुमन भुजेल, बिमक समिति पुर्व सदस्य सन्तोष दाहाल, बागमती प्रदेश सदस्य बलराम कार्की र बागमती प्रदेश समिति सदस्य इरिना तिमल्सिनाको रहेको थियो । कार्यक्रमा COt, MDRT , Am हरुको उपस्थिति समेत रहको थियो । नवनियुक्त समितिले आफ्नो पेशामा प्रतिबद्द र अनुसासित रहि बिमित र यस पेशामा आबद्द सबैको उचित मागप्रति सदैव आवाज उठाउने र सिंगो कम्पनीको साथै सर्वोपरि हितको निमित्त कुशल ढंगले काम गर्ने प्रदिबध्दता जनाएका छन् ।
Shares