लाभांश नदिएको विजय लघुवित्तले एफपीओ निष्कासन गर्ने, बोलायो साधारणसभा

अर्थकागज
प्रकाशित: १३ असार २०८१
Image description

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटडले १५ औं वार्षिक साधारणसभा असार ३० गर्ने भएको छ । संस्थाले धुलिखेल लज रिसोर्ट धुलिखेल काभ्रेपलाञ्चोकमा ११ बजे साधारणसभा बोलाएको हो । सभाले एफपीओ निश्कासन गर्ने प्रस्ताव पारित गर्नेछ । सभाबाट सञ्चालक समितिमा संस्थापक समूहबाट ४ जना र सर्वसाधारण समूहबाट २ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव सभाले पारित गर्ने कार्यक्रम छ । साधारण सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ ।आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । सभा प्रयोजनका लागि कम्पनीले असार १७ गते बुक क्लोज गर्ने भएको छ । असार १६ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् । सभामा कम्पनीले लाभांश वितरणसम्बन्धी भने कुनै पनि प्रस्ताव पेश गरेको छैन ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर