आजदेखि ३ दिन राष्ट्रिय शोक

अर्थकागज
प्रकाशित: १४ असोज २०८१
Image description

काठमाडौं । अविरल वर्षा पछिको बाढी, पहिरो र डुबानका कारण भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै सरकारले आज असोज १५ गतेदेखी ३ दिन राष्ट्रिय शोक घोषणा गरेको छ ।

सोमबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले मंगलबारदेखि ३ दिन राष्ट्रिय शोक घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिएका छन् ।

राष्ट्रिय शोकको समयमा सरकारी कार्यालयहरुको झण्डा आधा झुकाइनेछ । सार्वजनिक बिदा भने दिइएको छैन ।

बैठकले प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा सरकारको तर्फबाट १ अर्ब रुपैयाँ दिने निर्णय गरेको छ । उक्त कोषमा प्रधानमन्त्री र मन्त्रीहरुले एक महिनाको तलब जम्मा गर्नेछन् ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर