बजारमा पैसाको कमी नभएको अर्थमन्त्री दावी

अर्थकागज
प्रकाशित: २९ साउन २०८०
Image description

अर्थमन्त्री डा. प्रकाशशरण महतले बजारमा प्रचार गरिएजस्तो अर्थतन्त्र खराब नभएको दावी गरेका छन् । उनले अहिले बजारमा जति पनि पैसा भएको दाबी समेत गरे ।

देशभरका ८४ वटा आन्तरिक राजश्व कार्यालयका कर्मचारीहरुको सहभागिता रहेको व्यवस्थापन गोष्ठिमा बोल्दै मन्त्री डा. महतले भने ‘पैसा बजारमा जति पनि छ तर सबै मिलेर खत्तम भयो भन्ने भाष्यको प्रचार बढी भएपछि मान्छे खर्च गर्न र ऋण लिन डराइरहेको छ। त्यसैले निजी क्षेत्र यसमा सकारात्मक हुनुपर्छ’ ।

अर्थतन्त्रको रफ्तार सुस्त भएकाले यसलाई तीव्र बनाउनका लागि सबैले सकारात्मक कुराको सञ्चार गर्नुपर्नेमा उनको जोड थियो 

प्रतिक्रियाहरू

सम्बन्धित खबर