३९ प्रतिशतले घट्यो आरम्भ चौतारी लघुवित्तको नाफा, अन्य अवस्था कस्तो ?

अर्थकागज
प्रकाशित: १८ माघ २०८०
Image description

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा लघुवित्तको खुद नाफा ३९.३६ प्रतिशतले घटेर १ करोड २४ लाख रुपैयाँमा खुम्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले २ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १२.२० प्रतिशत घटेको छ भने कुल सञ्चालन आम्दानी ९.०८ प्रतिशत घटेको छ। त्यस्तै, लघुवित्तको सञ्चालन मुनाफा समीक्षा अवधिमा ३९.४६ प्रतिशत घटेको छ।

लघुवित्तको निष्क्रिय कर्जा समीक्षा अवधिमा ४.८७ प्रतिशतबाट घटेर ४.६४ प्रतिशत पुगेको छ। नाफासँगै लघुवित्तको प्रतिसेयर आम्दानी पनि घटेको छ। संस्थाको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ४४ पैसा घटेर ६ रुपैयाँ ८० पैसामा झरेको छ। पुस मसान्तसम्ममा लघुवित्तको प्रतिसेयर नेटवर्थ १४४ रुपैयाँ ३९ पैसा रहेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर