रिद्धि सिद्धि सिमेन्टले आईपीओ जारी गर्ने

अर्थकागज
प्रकाशित: ०५ साउन २०८१
Image description

काठमाडौँ । रिद्धि सिद्धि सिमेन्टले सर्व साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको मुख्य प्रस्ताव पारित गर्न विशेष साधारण सभा बोलाएको छ। संस्थाको साउन ३ गते बसेको सञ्चालक समितिको बैठकले विशेष साधारण सभा बोलाएको हो ।

सभा साउन १९ गते शनिवारका दिन बिहान ११ बजे थापाथलीमा रहेको कम्पनीको कर्पोरेट कार्यालयमा बस्ने भएको छ ।

उक्त सभामा कम्पनीको प्रारम्भिक सार्वजनिक निष्कासन सेयर (आईपीओ) को प्रतिशत परिवर्तन गर्ने र कम्पनीको हालको जारी र चुक्तापूँजी वृद्धि गर्ने विशेष प्रस्ताव पारित गरिने कार्यसूची रहेको छ ।


प्रतिक्रियाहरू

Lal bahadur gurung

1 year ago

??

Khimraj basnet

1 year ago

Saknu hunxa

Khimraj basnet

1 year ago

Saknu hunxa

Khimraj basnet

1 year ago

Saknu hunxa

Khimraj basnet

1 year ago

Saknu hunxa

Khimraj basnet

1 year ago

Saknu hunxa

सम्बन्धित खबर