आजदेखि सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्तको एकीकृत कारोबार

प्रकाशित:
२४ फागुन २०८०

काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड र बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडबीच आजदेखि एकीकृत कारोबार सुरु हुँदैछ ।
मर्जरमा गएका पछ्यात दुई कम्पनीको एकीकृत कारोबारको थालनी हुन लागेको हो । अब सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट कारोबार हुनेछ ।
नेपाल राष्ट्र बैंकले माघ २४ गते मर्जरका लागि अन्तिम स्वीकृति दिएको थियो भने कम्पनी रजिस्ट्रारको कार्यालयले फागुन ८ गते मर्जरका लागि अन्तिम स्वीकृति दियो। त्यस लगतै नेपाल धितोपत्र बोर्डले फागुन ९ गते अन्तिम स्वीकृति दिएसँगै संस्थाले एकीकृत कारोबार सुरु गर्न लागेको हो।
सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्तको गत असोज ३० गते आफ्ना कम्पनीहरुको विशेष साधारण सभा गर्दै १ः०.८५३५ अनुपातको स्वाप रेसियामा मर्जरमा जाने प्रस्ताव पारित भएको थियो ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares