दरमखोला हाइड्रो इनर्जीको आईपीओ बाँडफाँड कहिले ? यस्तो छ बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको जबाफ

अर्थकागज
प्रकाशित: २१ साउन २०८२
Image description

काठमाडौं । दरमखोला हाइड्रो इनर्जी लिमिटेडको निष्काशन गरेको आईपीओ अर्काे हप्ता बाँडफाँड हुने भएको छ । कम्पनीको आईपीओ बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको अनुसार यो हप्ता प्रि अलटमेन्ट हुने र अर्काे हप्ता बाँडफाँड हुनेछ । मिति र स्थान नतोकेपनि अर्काे हप्ताको सोमबार वा मंगलबार आईपीओ बाँडफाँड हुने गरी बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलले काम गरिरहेको छ । अहिले कम्पनीको आईपीओ आवेदनमा भेरीफाई हुने काम तिव्र रुपले भैइरहको लक्ष्मी सनराइज क्यापिटलले जनाएको छ ।

कम्पनीले आफ्नो जारी पुँजीको ३८.३३ प्रतिशत अर्थात् प्रतिकित्ता अंकित मूल्य १०० रुपियाँका दरले ३९ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो ।

जसअनुसार पहिलो चरणमा आयोजना प्रभावितलाई १० लाख ३० हजार ५०० कित्ता र वैदेशिक रोजगारी गएका नेपालीलाई २ लाख ९१ हजार १५० कित्ता निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।

त्यस्तै, सर्वसाधारणसमा निष्कासन हुने २९ लाख १९ हजार ५०० कित्ता सेयरमध्ये कम्पनीका कर्मचारीलाई ५८ हजार ३९० र सामूहिक लगानी कोषलाई १ लाख ४५ हजार ९७५ कित्ता सुरक्षित गरी बाँकी रहेको २४ लाख २३ हजार १८५ कित्ता सेयर सर्वसाधारणमा निष्कासन गरेको थियो । कम्पनीले साउन १५ गतेदखि साउन १९ गतेसम्म निष्काशन गरेको आईपीओमा माग भन्दा धेरै गुणा बढी आवेदन परेकाले गोलाप्रथाबाट बाँडफाँडहुनेछ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर