गरिमाको सत्रौं वार्षिक साधारणसभा सम्पन्न, लाभांश वितरणको प्रश्ताव पारित

अर्थकागज
प्रकाशित: २८ पुस २०८०
Image description

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको सत्रौं वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ । पोखराको होटल पोखरा ग्राण्डीमा आयोजित साधारणसभाले शेयरधनीहरुलाई ९.५० प्रतिशत बोनश शेयर र कर प्रयोजनार्थ ०.५० प्रतिशत नगद लाभांश गरी जम्मा १० प्रतिशत लाभांश वितरण गर्ने प्रश्ताव पारित गरेको छ ।

साधारणसभाले विकास बैंकको अधिकृत पुँजी बृद्धि गरी ५ अर्ब ७० करोड बनाउने, आ.व. २०८०÷८१ को लागि लेखापरीक्षक नियुक्ति गर्ने लगायतका प्रस्तावहरु  पारित गरेको छ ।

हाल ५ अर्ब १८ करोड ७६ लाख ८७ हजार ५७ रुपैंया चुक्ता पुँजी रहेको विकास बैंकको साधारणसभाबाट पारित ९.५० प्रतिशत बोनश शेयर वितरणपश्चात चुक्ता पुंजी ५ अर्ब ६८ करोड ५ लाख १७ हजार ३ सय २७ रुपैयाँ पुगेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर