सिंगटी हाइड्रो नाफा १४ करोड ९९ लाख

अर्थकागज
प्रकाशित: १९ साउन २०८२
Image description

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले १४ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनी ६ करोड ९२ लाख रुपैयाँ नोक्सानीमा थियो।

विद्युत बिक्री आम्दानी उल्लेख्य बढेसँगै कम्पनी नोक्सानीबाट नाफामा पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ७२७.९१ प्रतिशत बढेर ६७ करोड ७१ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, कम्पनीको सञ्चालन आम्दानी समीक्षा अवधिमा ७६०.६५ प्रतिशत बढेको छ भने अन्य आम्दानी ९२०.४६ प्रतिशत बढेको छ। कम्पनीको कुल खर्च समीक्षा अवधिमा २५६.७८ प्रतिशत बढेको छ।

असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ५ रुपैयाँ १७ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १०९ रुपैयाँ ५३ पैसा र मूल्य आम्दानी अनुपात ५५.७५ गुणा रहेको छ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर