डलरको मूल्यमा फेरि नयाँ रेकर्ड

अर्थकागज
प्रकाशित: १६ पुस २०८१
Image description

काठमाडौँ। इस्वी संबत २०२५ को पहिलो दिन अर्थात आज (पुस १७ गते) नेपाली बजारमा डलरको मूल्यले नयाँ रेकर्ड बनाएको छ। यस दिन डलरको मूल्यले पुस १२ गतेको रेकर्डलाई तोडेर नयाँ रेकर्ड बनाएको हो। नेपाल राष्ट्र बैंकका अनुसार यस दिन डलरको खरिददर १३६ रुपैयाँ ६९ पैसा रहेको छ भने बिक्रीदर १३७ रुपैयाँ २९ पैसा रहेको छ। पुस १२ गते डलरको यस्तो दर क्रमशः १३६ रुपैयाँ ५६ पैसा र १३७ रुपैयाँ १६ पैसा रहेको थियो। सोपश्चात ४ दिन नै डलरको मूल्य स्थिर रहेको थियो।

यस दिन युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ३५ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ९७ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७१ रुपैयाँ ४३ पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ १४ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ १३ पैसा र बिक्रीदर एक सय ५१ रुपैयाँ ७९ पैसा कायम गरिएको छ। अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ९० पैसा र बिक्रीदर ८५ रुपैयाँ २८ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ०७ पैसा र बिक्रीदर ९५ रुपैयाँ ४९ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय रुपैयाँ ३२ पैसा र बिक्रीदर एक सय रुपैयाँ ७६ पैसा निर्धारण गरिएको छ। जापानी येन १० को खरिददर आठ रुपैयाँ ७२ पैसा र बिक्रीदर आठ रुपैयाँ ७६ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ७३ पैसा र बिक्रीदर १८ रुपैयाँ ८१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५५ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ५० पैसा र बिक्रीदर ३७ रुपैयाँ ६६ पैसा कायम भएको छ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर