सेयर बजार ४७.९३ अंकले घट्यो

अर्थकागज
प्रकाशित: १४ साउन २०८२
Image description

काठमाडौं । केही दिनदेखि  लगातार बढेको बजारमा आज ब्रेक लागेको छ । बजार आज ४७.९३ अंकले घटेको छ । 

आज ३२७ कम्पनीको ३ करोड ६४ लाख १७ हजार ७४२ कित्ता सेयर किनबेच हुँदा १६ अर्ब ४४ करोड १३ लाख ५४ हजार ४०८ रुपैयाँको कारोबार भएको हो ।

आज विकास बैंक र फाइनान्सका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । आज विकास बैंक समूहको ३.३४ प्रतिशत र फाइनान्स समूहको २.८७ प्रतिशतले शेयर मूल्य घटेको हो । साथै, अन्य ९ उपसूचक समेत राताम्य छन् ।बुधबार २३ कम्पनीकको सेयर मूल्य मात्रै बढेको छ भने २२६ कम्पनीको घटेको छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर