ग्लोबल आइएमई बैंकको नाफा १ अर्ब २२ करोडमाथि, अन्य सूचक कस्तो ?

अर्थकागज
प्रकाशित: १६ कात्तिक २०८०
Image description

काठमाडौं । ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा समिक्षा अवधिसम्ममा बैंकको खुद नाफामा बृद्धि आएको छ । बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म १ अर्ब २२ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब १८ करोड ९५ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

गत वर्षको यसैअवधिको तुलनामा यसले ३.०४% ले मात्र खुद नाफा वृद्धि गरेको छ । बैंकको खुद ब्याज आम्दानी ४९.९२% ले बढेर ४ अर्ब ८० करोड रुपैयाँ माथि पुगेको छ भने सञ्चालन नाफा ६.४२% ले बढेको छ । यता, असोज मसान्तसम्म ग्लोबल आइएमईको वितरणयोग्य नाफा ३ अर्ब ३२ करोड ३२ लाख रुपैयाँ रहेको छ । यसको खराब कर्जा भने २.१०% बाट बढेर ४.३८% भएको छ । यसको चुक्ता पुँजी ३५ अर्ब ७७ करोड रहेको छ भने रिजर्भ कोषमा २१ ऋर्ब १० करोड रुपैयाँ छ । बैंकको प्रतिसेयर आम्दानी ६ रुपैयाँ २९ पैसाले घटेर १३ रुपैयाँ ७१ पैसा कायम भएको छ । गत वर्ष यसको प्रतिसेयर आम्दानी २० रुपैयाँ रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ १६८ रुपैयाँ ३ पैसा छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर