कति छ आज डलरको मूल्य ?

अर्थकागज
प्रकाशित: १० वैशाख २०८२
Image description

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर एकको खरिददर १३६ रूपियाँ ३८ पैसा र बिक्रीदर १३६ रूपियाँ ९८ पैसा कायम भएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १५५ रूपियाँ ४० पैसा र बिक्रीदर १५६ रूपियाँ ०८ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १८१ रूपियाँ ४१ पैसा र बिक्रीदर १८२ रूपियाँ २० पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १६५ रूपियाँ ५८ पैसा र बिक्रीदर १६६ रूपियाँ ३१ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपियाँ ३७ पैसा र बिक्रीदर ८७ रूपियाँ ७६ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रूपियाँ ५९ पैसा र बिक्रीदर ९९ रूपियाँ ०२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रूपियाँ र बिक्रीदर १०४ रूपियाँ ४६ पैसा निर्धारण गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै, जापानी येन १० को खरिददर नौ रूपियाँ ६१ पैसा र बिक्रीदर नौ रूपियाँ ६५ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपियाँ ७१ पैसा र बिक्रीदर १८ रूपियाँ ७९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपियाँ ३६ पैसा र बिक्रीदर ३६ रूपियाँ ५२ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपियाँ ३१ पैसा र बिक्रीदर ३७ रूपियाँ ४८ पैसा तोकिएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रूपियाँ ०९ पैसा र बिक्रीदर चार रूपियाँ १० पैसा, युएई दिराम एकको खरिददर ३७ रूपियाँ १३ पैसा र बिक्रीदर ३७ रूपियाँ २९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपियाँ ०६ पैसा र बिक्रीदर ३१ रूपियाँ २० पैसा निर्धारण भएको छ ।

यसैगरी, साउथ कोरियन वन १०० को खरिददर नौ रूपियाँ ५९ पैसा र बिक्रीदर नौ रूपियाँ ६३ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रूपियाँ २३ पैसा र बिक्रीदर १४ रूपियाँ २९ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रूपियाँ ८२ पैसा र बिक्रीदर २० रूपियाँ ९१ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रूपियाँ ५८ पैसा र बिक्रीदर १७ रूपियाँ ६५ पैसा, कुवेती दिनार एकको खरिददर ४४५ रूपियाँ ३१ पैसा र बिक्रीदर ४४७ रूपियाँ २७ पैसा, बहराइन दिनार एकको खरिददर ३६१ रूपियाँ ८३ पैसा र बिक्रीदर ३६३ रूपियाँ ४२ पैसा, ओमनी रियाल एकको खरिददर ३५४ रूपियाँ २४ पैसा र बिक्रीदर ३५५ रूपियाँ ८० पैसा रहेको छ ।

यस्तै, भारतीय रूपियाँ १०० को खरिददर १६० रूपियाँ र बिक्रीदर १६० रूपियाँ १५ पैसा तोकिएको छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर