रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

अर्थकागज
प्रकाशित: २३ जेठ २०८३
Image description

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सर्बदलीय बैठक बोलाएका छन् ।

रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार समसामयिक राजनीतिका बिषयमा छलफल गर्न लामिछानेले सर्बदलीय बैठक बोलाएका हुन् ।

बैठक सोमबार बिहान ९ बजेदेखि संसद सचिवालय सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा बस्ने बताइएको छ । बैठकमा प्रतिनिधिसभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुबाट पार्टी अध्यक्ष तथा सभापतिसहित दुई जना सहभागी हुन आमन्त्रण गरिएको बुर्लाकोटीले जानकारी दिएका छन् । 

प्रतिक्रियाहरू

सम्बन्धित खबर