नागरिक लगानी कोषको लाभांश घोषणा
प्रकाशित:
०१ असार २०८१
काठमाडौं । नागरिक लगानी कोषले लाभांश घोषणा गरेको छ । कोषले गत आर्थिक वर्षको नाफाबाट १४.७३६८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
कोषले १४ प्रतिशत बोनश सेयर र कर प्रयोजनका लागि ०.७३६८ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । अर्थमन्त्रालयबाट स्विकृती प्राप्त पछि कोषले लाभांश वितरण गर्नेछ । गत बर्ष कोषले २५ प्रतिशत बोनश सेयर र १.३१ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares