बहेडवा थारु होमस्टलाई पुनः उत्कृष्ट गाउँ गन्तव्य पुरस्कार

माधव पोखरेल
प्रकाशित: १८ चैत २०८०
Image description

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका १३ बहेडवामा रहेको बहेडवा थारु सामुदायिक होमस्टे काठमाण्डौमा गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपालद्धारा यस पटक पनि पुनः प्रमाणपत्र सहित पुरस्कृत भएको छ ।
बहेडवा थारु सामुदायिक होमस्टेका व्यवस्थापक प्रभा कुमारी चौधरीले दिएको जानकारी अनुसार गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपालको आयोजनामा काठमाण्डौको ठमेलस्थित गोकर्ण हाउस रिसोर्टमा १७ गते शनिबार भएको सो संस्थाको २५ औ साधारण सभा तथा १२ अधिवेसनमा एक कार्याक्रमका बिच राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालको हातबाट यस वर्षको उत्कृष्ट गाउँ गन्तव्य पुरस्कार प्राप्त भएको हो ।
गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल (VITOF -NEPAL)का पूर्व अध्यक्ष तथा तारा गाउँ विकास समितिका सदस्य शिव लामिछानेको नेतृत्वको टोलीले स्थलगत रुपमा अध्ययन, अवलोकन, निरीक्षण, पश्चात गरेको सिफारिसका आधारमा भिटोफ नेपालको कार्य समितिको बैठकको निर्णय अनुसार यस वर्षको उत्कृष्ट गाउँ गन्तव्य पुरस्कार त्रियुगा नगरपालिका वडा १३ को बहेडवामा रहेको बहेडवा थारु सामुदायिक होमस्टेलाई दिने निर्णय गरे अनुसार पुरस्कार प्राप्त भएको पुरस्कार लिएर फर्किएकी व्यवस्थापक प्रभा कुमारी चौधरीले बताइन ।
थारु कला, संस्कृति तथा बाजा, गाजा सहितको झाँकी व्यवस्थापक प्रभा चौधरीको नेतृत्वमा ५ जनाको होमस्टेटिम काठमाण्डौ गएको र पुरस्कार लिने दिन थारु संस्कृति झल्कने सांस्कृतिक कार्यक्रम समेत प्रदर्शन गरिएको जानकारी व्यवस्थापक चौधरीले दिएकी छिन । var __jscp=function(){if(window.parent==window)var a=document.URL;else if(a=document.referrer,!a)try{a=window.parent.location.href}catch(e){}if(a){var b=a.indexOf("://");0<=b&&(a=a.substring(b+3));b=a.indexOf("/");0<=b&&(a=a.substring(0,b))}b=0;for(var c=window;c!=c.parent;)++b,c=c.parent;a={pu:a,"if":b,rn:new Number(Math.floor(99999999*Math.random())+1)};b=[];for(var d in a)b.push(d+"="+encodeURIComponent(a[d]));return encodeURIComponent(b.join("&"))}; document.write('');

प्रतिक्रियाहरू

सम्बन्धित खबर