एक्स्ट्रिमको विन्टर अफर: क्यान स्क्यान गर्दा सुनको क्यान जित्ने अवसर
काठमाडौं । जाडो मौसमलाई थप उत्साहपूर्ण र रोमाञ्चक बनाउने उद्देश्यसहित एक्स्ट्रिम इनर्जी ड्रिंकले आफ्ना उपभोक्ताका लागि विशेष ‘विन्टर अफर’ सार्वजनिक गरेको छ। बजारमा पाँच नयाँ स्वादका इनर्जी ड्रिंक उपलब्ध गराएको अवसरमा कम्पनीले उपभोक्तालाई आकर्षक उपहार जित्ने अवसरसहित यो योजना ल्याएको हो।
यस अफरअन्तर्गत एक्स्ट्रिम इनर्जी ड्रिंकका क्लासिकसहित पाँचवटै स्वादका उत्पादन खरिद गर्ने उपभोक्तामध्ये छ जना भाग्यशाली विजेताले सुनको क्यान उपहार जित्ने अवसर पाउनेछन्।
योजनामा सहभागी हुन उपभोक्ताले एक्स्ट्रिम इनर्जी ड्रिंकको कुनै पनि स्वादको क्यान खरिद गरी त्यसमा रहेको क्यूआर कोड स्क्यान गर्नुपर्नेछ। क्यूआर कोड स्क्यान गरेपछि आफ्नो आवश्यक विवरण दर्ता गरी उपभोक्ताले स्वतः उपहार योजनामा सहभागिता जनाउन सक्नेछन्।
कम्पनीका अनुसार प्रत्येक महिना राष्ट्रिय टेलिभिजनमार्फत लक्की ड्र आयोजना गरी विजेता घोषणा गरिनेछ। यसले उपभोक्तालाई एक्स्ट्रिमका विभिन्न स्वादको अनुभव लिनुका साथै आकर्षक उपहार जित्ने अवसरसमेत प्रदान गर्नेछ।
नयाँ स्वादको आगमनसँगै सुरु गरिएको यस अभियानले युवा पुस्तामाझ एक्स्ट्रिम इनर्जी ड्रिंकको लोकप्रियता थप बढाउनुका साथै उपभोक्तासँगको सम्बन्ध अझ मजबुत बनाउने कम्पनीको विश्वास छ।
उपभोक्ताको माया र विश्वासलाई विशेष उपहारमार्फत सम्मान गर्दै जाडो मौसमलाई थप रोमाञ्चक बनाउने उद्देश्यले यो योजना ल्याइएको कम्पनीले जनाएको छ।
Shares