फरवार्ड माइक्रोफाइनान्स मर्जरमा जाने, लाभांश पारित गर्न बोलायो साधारणसभा

अर्थकागज
प्रकाशित: ०३ मंसिर २०८१
Image description

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड मर्जरमा जाने प्रस्तावसहित साधारणसभा बोलाएको छ । मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले १२ औं वार्षिक साधारणसभा मंसिर २८ गते दिनेश चौधरी स्मृति प्रतिष्ठानको सभाहल, दुहवी, सुनसरीमा बिहान ११ बजे बोलाएको हो ।

सभामा गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुँजीको १३.३० प्रतिशत बोनस शेयर र ०.७० प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरणको प्रस्ताव पेश हुनेछ । लघुवित्तले अन्य ‘घ’ वर्गको वित्तीय संस्थासँग मर्जरका लागि आवश्यक कार्य गर्न र प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि सभामा पेश हुनेछ ।यसका साथै गत आवको वित्तीय विवरणहरू माथि छलफल गरी पारित गर्ने र चालू आवका लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि समावेश छन्।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले मंसिर १४ गते बुक क्लोज गर्ने भएको छ ।तसर्थ मंसिर १३ गतेसम्म कायम शेयरधनी सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर