नेपाल हाईड्रो एण्ड ईलेक्ट्रिकद्धारा एकैपटक दुई आर्थिक वर्षको लाभांश घोषणा

अर्थकागज
प्रकाशित: १६ असार २०८१
Image description

नेपाल हाईड्रो एण्ड ईलेक्ट्रिक लिमिटेडले २ आर्थिक बर्षको लाभांश वितरणको घोषणा गरेको छ । कम्पनीले आर्थिक बर्ष २०७८/७९ को मुनाफाबाट ८.४२ प्रतिशत नगद लाभांश र आर्थिक बर्ष २०७९/ ८० को मुनाफाबाट १० प्रतिशत बोनश सेयर तथा ११.०६ प्रतिशत नगद लाभांश(कर प्रयोजन समेत) वितरणको प्रस्ताव गरेको छ । 

बुटवल पावर कम्पनीको समेत सेयर रहेको यस कम्पनीले एकै पटक १८ औँ र १९ औँ साधारणसभा आह्वान गरेको छ । कम्पनीको प्रस्तावित लाभांश सहितका एजेण्डाहरु पारित गर्न साउन ६ गते कम्पनीको रजिष्टर्ड कार्यालय, बुटवल रुपन्देहीमा दिनको १२ बजेदेखि सभा बस्नेछ ।

साधारणसभामा संचालक समितिको प्रतिबेदन पारित गर्ने, लेखा परीक्षकको प्रतिबेदन सहितको दुई अर्थिक वर्षको नाफा नोक्सान हिसाव र सोहि अवधिको नगद प्रवाहको विवरण तथा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकबाट कर्जा लिने सहितका प्रस्तावहरु पारित गर्ने तयारी गरेको छ ।

यस्तै बोनस शेयर मार्फत पूँजी बृद्धि गर्न कम्पनीको प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने तयारी पनि गरेको छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर