लक्ष्मी सनराइज बैंकले घटायो ब्याजदर

अर्थकागज
प्रकाशित: २८ पुस २०८०
Image description

काठमाडौं । लक्ष्मी सनराइज बैंकले ब्याजदर घटाएको छ ।  बैंकले माघ १ गतेदेखि लागू हुने गरी विभिन्न खातामा ब्याजदर घटाएको हो ।
बैंकले माघ महिनाका लागि सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ४ प्रतिशतदेखि ६ प्रतिशत ब्याजदर तोकेको छ । रेमिट्यान्स खातामा भने ७ प्रतिशत ब्याजदर प्रदान गर्नेछ । यसअघि पुसमा बैंकले ४.५० प्रतिशतदेख ६.५० प्रतिशत र रेमिट्यान्समा ७.५० प्रतिशत ब्याजदर तोकेको थियो ।
बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ ६.५० प्रतिशत र व्यक्तिगततर्फ ८ प्रतिशत ब्याजदर निर्धारण गरेको हो । बैंकले रेमिट्यान्स मुद्दतीमा भने ९ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि पुसमा बैंकले संस्थागततर्फ ७.५० प्रतिशत, व्यक्तिगततर्फ ९ प्रतिशत र रेमिट्यान्समा १० प्रतिशत ब्याजदर तोकेको थियो ।
बैंकका अनुसार कर्जा प्रवाह गर्दा भने आधारदरमा अधिकतम ४ प्रतिशतसम्म प्रिमियम तोक्नेछ । बैंकका अनुसार आधार दर १०.६२ प्रतिशत र स्प्रेडदर ४.४२ प्रतिशत छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर