लगानीकर्ताले किन दिए धितोपत्र बोर्ड अध्यक्ष हमाललाई धन्यवाद ?
काठमाडौं । पछिल्लो समय सेयर बजारमा देखिएको उतारचढावले लगानीकर्ता अन्योलनमा छन् । सेयर बजारले कति खेर बुलको यात्रा तय गर्छ, कसैले अनुमान गर्न सकिरहेका छैनन् । बजार बढ्ने र घट्ने कारण विभिन्न छन् । बजारमा माग र आपूर्तीको नियमका कारण बजारले बियरिस र बुलको यात्रा तय गर्छ ।
सेयर बजारलाई लगानीमैत्री बातावरण बनाउने, सेयर बजारमा सवैको पहुँचमा सहज रुपमा पुर्याउन भूमिका निर्वाह गरेकामा लगानीकर्ताहरु नेपाल धितोपत्र बोर्डका अध्यक्षको भूमिका प्रति कृतज्ञ छन् । सेयर बजारलाई अध्यक्ष हमालले विस्तारै नीति नियम सेयर बजार मैत्री बनाउँदै लगेका छन् ।
नयाँ ब्रोकर लाइसेन्स बितरण, ब्रोकर कमिसन घटाउनेदेखि, सेयर धितो कर्जाको सीमा बढाउनेलगायतका सेयर बजारको विकासको लागि अध्यक्ष हमालले गरेको कार्यले बजारलाई लयमा अगाडि बढाउने लगानीकर्ताहरु बताउँछन् । अध्यक्ष हमाल सेयर धितो कर्जाको सिमा खुला हुनुपर्ने बताउँदै आएका छन् । तर सेवोनको नियामक निकाय नेपाल राष्ट्र बैंक, अर्थ मन्त्रालय र प्रधानमन्त्रीको ठाडो निर्देशनले गर्दा सेवोनले गर्ने लगानीकर्ता मैत्री निर्णयमाथिको अवरोध सिर्जना हुदै आएका प्रष्ट देखिन्छ । यति हुँदा हुदै पनि अध्यक्ष हमालको नेतृत्व सीप र निरन्तर प्रयासले सेयर बजारमा देखिएका समस्या समाधान हुँदै गएका छन् ।
अध्यक्ष हमाल ५५ लाख लगानीकर्ताको हकहितको लागि निरन्तर लागि रहने अठोट समेत गर्दै आइरहेका छन् । लगानीकर्ताको सल्लाह सुझावलाई मनन गरी नीति नियम बनाउन अध्यक्ष हमाल लाग्दै आइरहेका छन् । त्यसै कारणले पछिल्लो समय अध्यक्ष हमालको कार्यलाई सामाजिक सञ्जालमा समर्थन गर्ने लगानीकर्ताको संख्या बढ्दो देखिन्छ ।
सेयर बजारमा सटिक टिप्पणी गरेर चर्चा बटुलिरहेका लगानीकर्ता रोहन कार्की अध्यक्ष रमेश हमालको कार्यलाई धन्यवाद दिन कन्जुस्याई नगरौँ भन्छन् । कार्की फेसबुकमाम लेख्छन-' राम्रो कार्यलाई धन्यवाद दिन कन्जुस्याई नगरौ । 'योभन्दा पहिले कम्पनिहरु मर्जर भएर बर्षौसम्म सेयर रोक्का हुने ब्यवस्थाको अन्त्य गर्नु भएको थियो । जुन निर्णयले आज लाखौ लगानिकर्ता आभारी छन भने नयाँ ब्रोकर लाइसेन्सबिना कोटा खुल्ला रुपमा दिएर लगानिकर्ताको लामो समयदेखिको माग पूरा गरेकोमा समेत धन्यवाद ।'
त्यसै गरी अर्को सेयर लगानीकर्ता एवम् सेयर अभियन्ता सुवासचन्द्र भट्टराई लेख्छन्- 'सेवोनले सजिलोसँग गरिने सरल काम गर्दै आएको छ। ब्रोकर थपेर बजारलाई ठूलो हुने बाटो खोलिदिनु भएकोमा धन्यवाद। ब्रोकर कमिसन घटाईदिनु भएकोमा पनि साधुबाद ।'
कार्की र भट्टराई जस्तै अध्यक्ष हमालको समर्थन गर्ने लगानीकर्ताको समुह ठूलो छ । बजारमा हमालको विरोध गर्ने लगानीकर्ता पनि रहेका छन् । जसले सेयर बजारलाई पहिलादेखि नै आफ्नो सिन्डिकेट लगाएर आम लगानीकर्तालाई फसाउने, विभिन्न ठूला समुहहरुको राप र तापको तालमा नाच्ने लगानीकर्ता पनि त्यतिकै देखिन्छन् । जसले गर्दा लाखौं लगानीकर्तालाई सेयर बजार मैत्री बाताबरण बनाउने नीति नियममा असर पुग्ने प्रष्ट देखिन्छ ।
प्रतिक्रियाहरू
arjunrajacharya@gmail.com
2 years ago
लगानी खरानी भयको थाहा छैन ।
Ramjee Pandit
2 years ago
Hamal ko pala ma nepse 1800 tir ayo. Hamal kum kam le share market lai faida vayo. Tetikai hamal ko prasamsa
नरेन्द्र मान श्रेष्ठ
2 years ago
झाेलेहरु । राजनितिक दलहरुमा मात्रै झाेलेहरु हुन्छ भनेको त जहाँ तहिँ झाेलेहरु रहेछ ।
Shares