खराब कर्जा घटेसँगै सपोर्ट लघुवित्तको नाफामा उछाल, अन्य अवस्था कस्तो ?

अर्थकागज
प्रकाशित: ११ माघ २०८०
Image description

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेड चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।

यस अवधिमा लघुवित्तले ८६ लाख ४२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २४५.९३ प्रतिशतले बढि हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २४ लाख ९१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ५.३९ प्रतिशतले घटेको छ । त्यसैगरी, यसै अवधिमा सञ्चालन मुनाफा ११३.८३ प्रतिशतले बढेको छ भने लघवित्तको खराब कर्जा ३.५३ प्रतिशतबाट घटेर १.५४ प्रतिशतमा झरेको छ । कम्पनीको संचालन मुनाफामा बढोत्तरी र खराब कर्जा घट्दा नाफामा उछाल आएको हो ।

लघुवित्तको प्रतिशेयर आम्दानी १८ रुपैयाँ १५ पैसा छ भने प्रतिशेयर नेटवर्थ १५६ रुपैयाँ ७९ पैसा रहेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर