३९ जना सुकुम्बासीले पाए लालपुर्जा

माधव पोखरेल
प्रकाशित: १० चैत २०८०
Image description

उदयपुर । सरकारले राष्ट्रिय भूमि आयोग खारेज गरे पनि उदयपुरको चौदण्डीगढी नगरपालिकाका ३९ घरपरिवारका सुकुमबासीले आइतबार जग्गाधनी प्रमाण पुर्जा पाएका छन् ।

उदयपुरमा राष्ट्रिय भूमि आयोगले यातायात, इन्धन, बैठक भत्ता र सेवासुबिधाका नाममा करोडौं रकम खर्च गर्दा ३९ जना सुकुम्बासीले जग्गाधनी प्रमाणपत्र प्राप्त गरेका छन ।

उदयपुरमा पहिलो चरणमा बेलका नगरपालिका ५ का ११ परिवार भूमिहीन सुकुम्वासीले गत २०७९ माघमा जग्गाधनि प्रमाणपुर्जा प्राप्त गरेका थिए भने दोश्रो पटक आज चौदण्डीगढी नगरपालिका २ का २८ घरपरिवारका भूमिहीन सुकुम्वासी लालपुर्जा प्राप्त गरेका हुन ।

राज्यमा पटक पटक आयोग गठन र बिघटन हुदै राज्यकोषको अरबौं रकम खर्च भएपनि अहिले सम्म अब्यबस्थित बसोबासीले समेत जग्गाधनी प्रमाणपुर्जा प्राप्त गर्न सकेका छैन ।

आइतबार चौदण्डीगढी नगरपालिकामा आयोग बिघटन भएपनि नगरपालिकाले आफ्नो सक्रियता बढाएर २८ भूमिहीन सुकुम्बासीलाई लालपुर्जा वितरण गरेको हो ।

गत चैत ८ गतेको मन्त्रिपरिषद बैठकले केशव पौडेल नेतृत्वको राष्ट्रिय भूमि आयोग विघटन गरेपछि भुमिहिन, दलित सुकुम्वासीले जग्गाधनी प्रमाणपुर्जा समयमा प्राप्त गर्ने कुरामा अझ संका उत्पन्न हुदै गर्दा चौदण्डीगढी नगरपालिकाले भने प्रक्रिया पुरा भएका २८ लालपुर्जा आइतबार वितरण गरेको हो ।

लालपुर्जा बितरण गर्दै चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामाले आफुलाई हजारौं पुर्जा बाड्न पाउँदा मात्र खुशी हुने भन्दै २८ लालपुर्जा वितरणमा आफु खुशी नभएको जिकिर गर्नु भयो वहाँले नगरको तर्फबाट कानुन सम्मत गर्न सक्ने आवस्यक रकम बिनियोजन गरेर समयमा आफना नगरबासीलाइ लालपुर्जा वितरण गर्न सहयोग गर्न खोज्दा विनियोजित रकम समेत खर्च हुन नसकेको दुखेसो ब्यक्त गर्दै केही दिन अघि सरकारले भुमि आयोग विघटन गरेको भएपनि उक्त बिघटनले आफुहरुलाई कुनै असर नगर्ने दावी गर्नु भयो । मेयर लामाले नगरले गर्दै आएको भुमि सम्बन्धिको नापजाँच को काम निरन्तर रहने समेत बताउनु भयो । मेयर लामाले अहिले वितरित लालपुर्जाले भूमिहीन सुकुम्बासीको जिवनमा परिवर्तन नहोला तर यो एउटा प्रक्रिया भएको भन्दै यसलाई निरन्तरता दिने जानकारी दिनु भयो ।

आइतबार चौदण्डीगढी नगरपालिका वडा नम्बर २ को वडा कार्यालय परिसरमा एक कार्यक्रमको आयोजना गरेर २८ परिवारका भूमिहीन सुकुम्बासीलाई लालपुर्जा वितरण गरिएको थियो । कार्यक्रममा आयोगका निवर्तमान जिल्ला सदस्यहरु, नापी शाखा उदयपुरका प्रमुख, भूमि सेवा केन्द्र चौदण्डीका कर्मचारी लगायतको सहभागिता रहेको थियो ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर