सिईडिवि हाइड्रोपावरले डाक्यो विशेष साधारणसभा, के-के छन् प्रस्ताव ?
काठमाडौं । सिईडिवि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले विशेष साधारणसभा आह्वान गरेको छ । कम्पनीको कार्तिक ४ गते सम्पन्न संचालक समितीको बैठकले विशेष साधारणसभा आह्वानको निर्णय गरेको हो ।
कम्पनीको विशेष साधारणसभा कार्तिक २० गते मंगलबार बिहान ८ बजेदेखि कालिमाटी ब्याङ्क्वेट कालिमाटी काठमाडौंमा सुरु हुने छ ।
सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, नियमक निकायहरुको निर्देशन अनुसार कम्पनीको प्रबन्धपत्र तथा नियमावलीका प्रस्तावित संशोधनहरुमा परिमार्जन तथा थपघट गर्न आवश्यक भएमा सो गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव गर्नेछ ।
त्यस्तै सभाले कम्पनीको ५ जना संचालकहरुको नियुक्ति समेत गर्ने छ । सभा प्रयोजनका लागि कम्पनीले कार्तिक १२ गते बुक क्लोज हुने भएकाले कार्तिक ११ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन् ।
Shares