सुन तोलाको ७२ सयले बढ्यो, चाँदीमा पनि वृद्धि
प्रकाशित:
१८ असार २०८३
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार सुनको मुल्य तोलाको ७२ सयले बढेर तोलाको २ लाख ९० हजार ७ सयमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको २ लाख ८३ हजार ५ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १६५ रुपैयाँले बढेर तोलाको ४६१५ मा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको ४४५० मा कारोबार भएको थियो ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares