यि फाइनान्स लाभांशमा जिरो, दोस्रो बजारमा हिरो !
काठमाडौं । निरन्तर उकालो यात्रामा रहेको सेयर बजारले हिजोआज ब्रेक लगाएको छ । ३ हजारको विन्दुमा पुगेको बजारले विस्तारै ओरालो लागेको देखिन्छ । आईतबार पनि बजारमा ५३.६३ अंकले घटेको छ । यो घटाईलाई लगानीकर्ताले करेक्सनको रुपमा लिएको छन् । बजारमा माथि जानेमा लगानीकर्ताहरु ढुक्क देखिन्छन् । लगानीकर्ता घट्नु र बढ्नुलाई सेयर बजारको सुन्दरता मान्दछन् । यो बजार बढी रहँदा सवै लगानीकर्ताको आँखा फाइनान्स समुहमा परेको छ । ६ महिना अघि सम्म प्रतिकित्ता ३ सय ५८ रुपैयाँको रहेको नेपाल फाइनान्सको मुल्य ह्वात्तै बढेर २१ सय ११ रुपैयाँमासम्म पुगेको थियो । त्यसैले होला, त्यो समय फाइनान्स कम्पनीलाई हट केक रुपमा लिएका लगानीकर्ताले अहिलेपनि फाइनान्स कम्पनीलाई हट केकको रुपमा लिदै आइरहेका छन् । दोस्रो बजारमा नेपाल फाइनान्स, रिलायन्स फाइनान्स, गुडविल फाइनान्स, प्रोग्रेशिभ फाइनान्स, गोर्खाज फाइनान्स र सेन्ट्रल फाईनान्सको चर्चा सधै हुदै आईरहेका छ । सवै लगानीकर्ताको ध्यान यसै कम्पनीमा हुने गरेको देखिन्छ ।
लाभांशमा जिरो, दोस्रो बजारमा हिरो
माथिका यि फाइनान्स लगानीकर्ताले जति चर्चा परिचर्चा गरेपनि गत आर्थिक वर्ष २०७९/८० मा सेयरधनीलाई प्रतिफल दिन भने सकेनन् । यो आर्थिक वर्ष २०८०/८१ मा पनि कम्पनीले प्रकासित वित्तीय विवरण अनुसार लाभांस दिने अवस्थामा देखिदैन । प्रोग्रेशिभ फाइनान्सले २०७९/८० को साधारणसभा समेत गर्न सकेको छैन् । गत आर्थिक वर्षमा तुलनामा केही कम्पनीको नाफामा सुधार देखिएपनि कुल व्यवस्थापनको खर्चमा बृद्धि भएसँगै सेयरधनीलाई लाभांश दिन सक्ने अवस्थामा फाइनान्स कम्पनीहरु छैनन् । कर्मचारी र संचालकहरुको तलव/भत्ताको नामा ठगि, अन्य खर्चको नाममा करौडौ रुपैयाँको अपचलन, संचालक समितिको अध्यक्ष र प्रमुख कार्यकारी (सिईओ) को स्वार्थमा जथाभावी ऋण लगानी गर्दा देखिएको समस्याको कारण फाइनान्स कम्पनीको अहिलेको अवस्था बिग्रदो छ । जसले गर्दा फाइनान्स कम्पनीले बिग्रदौ वित्तीय अवस्थालाई मलाम लगाउन मर्जरको बाटो समेत समातेको देखिन्छ । अधिकांश फाइनान्स कम्पनीले साधारणसभाको विशेष एजेण्डमा मर्जरको लागि गाभ्ने वा गाभिन प्रस्ताव अघि बढाएका छन् ।
६ महिनादेखि अहिलेसम्म भएको सेयर कारोबार मुल्य
var __jscp=function(){if(window.parent==window)var a=document.URL;else if(a=document.referrer,!a)try{a=window.parent.location.href}catch(e){}if(a){var b=a.indexOf("://");0<=b&&(a=a.substring(b+3));b=a.indexOf("/");0<=b&&(a=a.substring(0,b))}b=0;for(var c=window;c!=c.parent;)++b,c=c.parent;a={pu:a,"if":b,rn:new Number(Math.floor(99999999*Math.random())+1)};b=[];for(var d in a)b.push(d+"="+encodeURIComponent(a[d]));return encodeURIComponent(b.join("&"))};
document.write('
');
Shares