७३ प्रतिशतले बढ्यो हिमालयन लघुवित्तको नाफा, ईपिएस कति ?


काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार लघुवित्तको नाफामा बृद्धि देखिएको छ ।
समिक्षा अवधिमा लघुवित्तले १ करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ७३.८७ प्रतिशतले बढि हो । लघुवित्तले गत आर्थिक वर्षको सोही अवधिसम्ममा ६५ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको थियो।
यस अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी पनि ४.४६ प्रतिशतले बढेको छ त्यस्तै लघुवित्तको खुद सञ्चालन आम्दानी ६३.७२ प्रतिशतले बढेर १ करोड ६२ लाख रुपैयाँ पुगेको छ । लघुवित्तको खराब कर्जा ४.९१ प्रतिशतबाट घटेर ४.६१ प्रतिशत पुगेको छ ।
लघुवित्तको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ७५ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ १२६ रुपैयाँ ४६ पैसा रहेको छ ।
Shares