लक्ष्मी लद्युवित्तले सार्वजनिक गर्यो वित्तिय विवरण

अर्थकागज
प्रकाशित: २४ साउन २०८०
Image description

लक्ष्मी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । संस्थाले जारी गरेको वित्तीय विवरण अनुसार ८ करोड ३० लाख रुपैयाँ घाटा व्यहोरेको छ । अघिल्लो वर्ष यही अवधिसम्म संस्थाले १५ करोड ९० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

यसका साथै, असार मसान्तमा खुद ब्याज आम्दानी पनि ३१.३२ प्रतिशतले घटेर ३६ करोड ५९ लाख रुपैयाँमा सीमित बनेको छ । गत वर्ष यही अवधिसम्म यस्तो आम्दानी ५३ करोड ४३ लाख रुपैयाँ थियो ।

चुक्तापुँजी ४४ करोड १६ लाख रुपैयाँ रहेको संस्थाले चौथो त्रैमाससम्म ३ अर्ब २ करोड रुपैयाँ सापटी लिई ५ अर्ब ७६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । गत वर्षको यही अवधिमा संस्थाले २ अर्ब ५५ करोड रुपैयाँ सापटी लिई ७ अर्ब ७० करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो ।


संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) १८.८१ रुपैयाँले ऋणात्मक भएको छ। गत वर्ष यही अवधिसम्म ईपीएस ४१.४२ रुपैयाँ थियो। संस्थाको प्रतिसेयर नेटवर्थ १७९.०१ रुपैयाँ रहेको छ ।



प्रतिक्रियाहरू

सम्बन्धित खबर