नेको इन्स्योरेन्सको प्रोमोटर सेयरधनी पोस्ने लाभांश घोषणा, सर्वसाधारण सेयरधनीको चर्काे विरोध
काठमाडौं । नेको इन्स्योरेन्सलले आर्थिक वर्ष २०८१/८२ को नाफाबाट १५.७८९ प्रतिशत लाभांश घोषणा गरेको छ । जसमा कर प्रयोजनको लागि सहित १२.७८९ प्रतिशत नगद लाभांश र ३ प्रतिशत बोनस शेयर रहेको छ ।
कम्पनीको पुस ३० गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश दिने निर्णय गरेको हो । बीमा प्राधिकरणले स्वीकृति दिएपछि र कम्पनीको आगामी बार्षिक साधारण सभाबाट पारित गरे पश्चात उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ।
नको इन्स्योरेन्सले कर सहित १२.७८९ प्रतिशत नगद लाभांश घोषणा गरेपछि सेयरधनी डम्बरु बल्लभ घिमिरेले भने -' यो प्रोमोटर सेयरधनीलाई पोस्ने लाभांश भयो, हामी पब्लिक सेयरधनीलाई निराश भयो ।' पब्लिक सेयरधनीलाई नगद भन्दा बोनस सेयरमा जोड दिन कम्पनीको व्यवस्थापन र संचालकसँग घिमिरेले माग गरेका छन् ।
प्रतिक्रियाहरू
Yam Prasad dhital
8 months ago
Bonous sheyar is very good for us
Yam Prasad dhital
8 months ago
Bonous sheyar is very good for us
Shares